राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो: वरिष्ठ नेता पौडेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन् ।

बुधवार बिहान एक ट्वीट गर्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् । नागरिकता विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुगेकोमा अन्तिम दिन मंगलवार पनि प्रमाणीकरण भएन । त्यसपछि नेता पौडेलले आक्रोष पोखेका हुन् । उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको उनले बताएका छन् ।

उनले भनेका छन्,”बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

Array