आरजु राणा डडेलधुराबाट समानुपातिक सूचीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ आरजु राणा समानुपातिक सूचीमा परेकी छिन्। कांग्रेसले तयार पारेको समानुपातिकको सूचीमा आरजु राणा डडेलधुराबाट समानुपातिकमा परेकी हुन।

उनी अघिल्लोपटक कैलाली ५ बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भएकी थिइन्। यसपटक पनि प्रत्यक्ष लड्ने योजनामा रहे पनि अन्तिम समयमा आरजुको नाम समानुपातिक सूचीमा राखिएको हो। बन्द सूचीलाई औपचारिकता दिन कांग्रेस केन्द्रीय कार्य केन्द्रीय संसदीय बोर्डको बैठक बसिरहेको छ।

- Advertisement -
Ad imageAd image

यसैगरी, कांग्रेसको समानुपातिक सूचीमा नेता विमलेन्द्र निधि पनि परेका छन्। धनुषा ३ मा अघिल्लोपटक राजेन्द्र महतोसँग चुनाव लडेका निधि यसपटक प्रत्यक्षको आकांक्षा नै नराखी समानुपतिकको जोखिम विहीन बाटोबाट संसद प्रवेश गर्न लागेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्