माओवादी केन्द्रले समानुपातिक उम्मेदवार टुङ्गो लगायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ । प्रचण्ड सोमबार नै सोलुखुम्बुमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका छन् । उनले त्यस क्रममा आफूले हस्ताक्षर नगरेसम्म बन्दसूचीले वैधानिकता नपाउने भन्दै फर्किन हतार भएको बताएका थिए।

समानुपातिक उम्मेदवारको सूची टुङ्ग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए । माओवादीले समानुपातिकमा यसअघिका सांसदलाई नदोहोर्‍याउने मापदण्ड बनाएको छ । माओवादीको पदाधिकारी २१ सदस्यीय छ, जसमध्ये अधिकांश प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् ।

पदाधिकारी बैठकले सूची टुङ्ग्याएपछि माओवादी त्यसलाई बुझाउन आयोग जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array