मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेका छौँ: अध्यक्ष ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका छन्।

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अब ती कुरालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको बताए।

प्रतिक्रिया दिनुहोस्

Array