काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा आत्महत्याका घटना धेरै हुने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित आत्महत्या रोकथाम तथा न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रमुख साहले अहिले युवापुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताएका छन्। उनले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा पनि कतिपय आत्महत्याका घटना हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको जनाए। आज देशभरका ७७ वटा जिल्लामा नै आत्महत्या रोकथाम तथा न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम हुँदैछ। काठमाडौँमा आज बिहान सचेतनामुलक प्रभातफेरी कार्यक्रमसमेत भएको थियो।
सामाजिक सञ्जालको दुरुपयोगले आत्महत्याका घटना वृद्धि हुन्छ: प्रमुख साह

प्रतिक्रिया दिनुहोस्