लामो समयपछि सेयर बजारमा हरियाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– करिब एक महिनापछि मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ को विन्दुमा
पुगेको छ । १९ सयको विन्दु नजिकिए लगत्तै सेयर बजारमा खरिद गर्नेहरु आक्रम देखिएका छन् । उत्पादन तथा प्रशोधन उपसमूह स्वयं १.८७ प्रतिशत बढेको छ ।
यस्तै, फाइनान्सको सेयर किन्नेहरु बाक्लै रहेका छन्। उपसमूह २.१३ प्रतिशत बढेको छ। कारोबारमा आएका अधिकांश उपसमूहले औसत १.२९ प्रतिशत बढेको छ । बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ९२ करोड रुपैयाँको किनबेच भएको छ। सोमबार बजार दोहोरो अंकले घट्दा ८३ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: