इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात साउन २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Array