कांग्रेसको घोषणापत्र बनाउने जिम्मा महामन्त्री विश्वप्रकाश शर्मालाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन्। शर्मालाई विधानबमोजिम मनोनित गरिएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array