सत्ता गठबन्धनको सिट बाँडफाँटको टुंगो आज लगाउने कार्यदलको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुँगो आज लगाउने निश्कर्ष निकालेको हो।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका बनाएको छ। गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रुप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको समेत उपस्थित रहेको थियो।

- Advertisement -
Ad image

सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आज टुङ्गो लगाउने र बाँडफाँटको मोडालिटी सहमति नजिक पुगेको नेताहरुले बताएका थिए। गठबन्धन दलहरु सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरुले आ-आफ्ना उम्मेदवारहरु निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्