मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको संचार मन्त्रालय उच्च स्रोतले जनाएको हो ।

उक्त निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने छ । कानुनतः सार्वजनिक पद धारण गरेकाहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरूले त १५ दिनमा नै सार्वजनिक गर्ने परम्परा छ । तर यो पटक भने महिनौँ बित्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको थिएन ।

मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने चौतर्फी दबाबपछि सरकारले यो निर्णय गरेको हो । सम्भवतः यसै महिनाको अन्तिमसम्म सबै मन्त्रीहरूले मन्त्रिपरिषद्को कार्यालयमा विवरण बुझाई सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array