टी–२० क्रिकेट: आज नेपाल र केन्याबीच खेल हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्यासँग तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दै छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्ने भएको हो । खेल नेपाली समय अनुसार दिउँसो ३ :४५ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array