वाग्मती प्रदेशले स्वर्ण पदक विजेतालाई मासिक ६ हजार दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – वाग्मती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ता प्रदान गर्ने भएको छ । खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो रकम दिने निर्णय गरेको हो ।

प्रदेश खेलकुद विकास परिषद वाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेश सरकारको प्राथमिकतामा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन तथा पौडीलाई प्राथमिकतामा राखेको जनाए । ‘‘यो स्वर्ण पदक पनि केन्द्रको राष्ट्रिय खेलकुद परिषद दिने सेवा सुविधाबाट बञ्चित भएका खेलाडीले मात्र पाउनेछन्,’’ भण्डारीले भने, ‘‘दोहोरिने गरी खेलाडीले यो सुविधा पाउने छैनन् ।’’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुँदै छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएन गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । ‘‘खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो रकम दिने निर्णय गरेका हौं ।’’

प्रतिक्रिया दिनुहोस्

Array