चुनाव चिन्ह गाई नदिए हामी अदालत जानेछौ; राप्रपा नेपाल अध्यक्ष

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले चुनाव चिन्ह गाई नदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत बताएका हुन् । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो ।

राप्रपा नेपालले पटक पटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array