पूर्वमन्त्री एवं जसपा केन्द्रीय सदस्य मोहम्मद वकिल मुसलमान माओवादीमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन् । पूर्वमन्त्री मुसलमानलाई मंगलबार राति माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेललगायतले पार्टीमा स्वागत गरेका हुन् ।

मुसलमान २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालबाट तत्कालीन रुपन्देही क्षेत्र नम्बर ७ बाट निर्वाचन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array