थप चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने एमालेको स्थायी कमिटीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

नेकपा एमालेको स्थायी कमिटी बैठकले चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ। उनीहरू विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौँका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजवंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको जनाए।

गुरुङका अनुसार आजको निर्णय भाद्र १० र ११ मा हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने छ।

आजको बैठकले पार्टीको वार्षिक बजेट पनि पास गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array