आजको मौसम; केहि प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – देशका विभिन्न स्थानमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति मधेस प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१ र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array