इराकका प्रमुख दुई कुर्दिश पाटीबीच एकता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – सोह्र वर्षसम्मको विभाजनपछि प्रतिद्वन्द्वी इरानी कुर्दिश पाटीबीच फेरि एकता भएका छ । उत्तरी इराकमा रहेका दुई प्रतिद्वन्द्वी इरानी कुर्दिश विपक्षी दलले आन्तरिक विवादका कारण विभाजित भएको १६ वर्षपछि संयुक्त वक्तव्य जारी गर्दै आफ्नो पुनर्मिलनको घोषणा गरेका छन् ।

कुर्दिस डेमोक्रेटिक पार्टी अफ इरान (केडीपीआई) र कुर्दिस्तान डेमोक्रेटिक पार्टी–इरानबीच भएको वार्ताले पार्टीलाई पुनः एकीकरण गरेको विज्ञप्तिमा उल्लेख छ । सन् १९४५ मा स्थापना भएको केडीपीआई सबैभन्दा पुरानो इरानी कुर्दिस पार्टी हो, तर यसका अधिकांश सदस्य उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा आधारित छन् ।

यस पार्टीले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै इरानी अधिकारीहरूविरुद्ध विद्रोहको नेतृत्व गरेको थियो र यसले निर्वासनमा रहेर आफ्को विरोध जारी राखेको छ । तेहरानले “आतंकवादी’ संगठन मानेको सो पार्टीका कैयौँ नेतालाई लक्षित गरी हत्या गरिएको छ ।

सन् २००६ मा, आन्तरिक विवादका कारण केडीपीआईको एउटा गुट विभाजित भई कुर्दिस्तान डेमोक्रेटिक पार्टी–इरान गठन भएको थियो । “दुई दलको पुनर्मिलन इस्लामिक गणतन्त्र इरानको शासन र इरानको जातीय बहुलवाद र विभिन्न मानिसहरूको अधिकारलाई अस्वीकार गर्ने मानसिकताविरुद्ध सङ्घर्षको नयाँ चरण हो,” विज्ञप्तिमा भनिएको छ ।

गत जुलाईमा इरानको रिभोल्युसनरी गार्ड्सले उत्तरी इरानमा रहेका कुर्द पृथकतावादी समूहका संदिग्ध ‘आतङ्ककारी’ लाई देशको उत्तरपश्चिमबाट पक्राउ गरिएको बताएको थियो ।

तेहरानले यसअघि उत्तरी इराकका ‘प्रतिक्रान्तिकारी’ समूहले आफ्नो भूमिमा आक्रमण गरेको आरोप लगाउँदै आएको थियो । सन् २०१८ को सेप्टेम्बरमा तेहरानले उत्तरी इराकमा रहेको केडीपीआईको मुख्यालयमा आक्रमण गर्दा १५ जनाको मृत्यु भएको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array