पेरुमा ६.७ म्याग्निच्युडको भूकम्पको धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

एजेन्सी – पेरुको दक्षिणी एन्डिज पहाडमा बिहीबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ। जसबाट कम्तीमा दुई जना घाइते भएका छन् भने घर, स्वास्थ्य केन्द्र र विद्यालयहरूमा क्षति भएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार, स्थानीय समय बिहीबरा दिउँसो १ बजे भूकम्प गएको हो। जसको केन्द्रबिन्दु अयाकुचो क्षेत्रको परिनाकोचास प्रान्तको उपाहुआचो सहरबाट ३८ किलोमिटर (२४ माइल) उत्तर-पश्चिम थियो। यसको गहिराइ ६६ किलोमिटर (४१ माइल) थियो।

- Advertisement -
Ad image

राजधानी लिमा, इका, अरेक्विपा, हुआन्काभेलिका, अपुरिम्याक र कुस्कोसहित दक्षिणी पेरुका धेरै क्षेत्रमा भूकम्प महसुस गरिएको थियो.

नागरिक रक्षा प्रमुख लुइस भास्केजले पत्रकारहरूलाई बताएअनुसार परिनाकोचास प्रान्तको राजधानी कोराकोरामा भूकम्पका बेला घरबाट निस्कने क्रममा दुई जना घाइते भएका छन्।

अधिकारीहरूले पुक्वियो, पुलो, कोराकोरा, उपाहुआचो, सान पेड्रो र पिचारी सहरसहित अयाकुचो र कुस्कोका धेरै जिल्लामा २२ घर, ६ स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा क्षति भएको बताएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्