गठबन्धनले राजनीतिलाई प्रतिस्पर्धाबाट दुश्मनीतर्फ लग्यो; अध्यक्ष ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप लगाएका छन् । केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरूले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाएका हुन।

विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको बताए । ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीले भने ।

- Advertisement -
Ad imageAd image

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरू आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको बताए । एमाले र यसका नेताहरू भने देश बनाउने अभियानमा रहेको उनको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्