विप्लव नेतृत्वको नेकपा सहितका चार साना राजनीतिक दलद्वारा भोलि नेपाल बन्दको आव्हान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार साना राजनीतिक दलले भोलि ७ गते नेपाल बन्दको आब्हान गरेका छन् । बन्दको आव्हान गर्ने दलहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौताको बिरुद्ध र  नेकपा विप्लव समुहको सरकारसँग भएका तीन बुँदे सहमती सरकारबाटै उलङघन भएको भन्दै त्यसको विरुद्धमा नेपाल बन्द आब्हान गरिएको जानाईएको छ ।

बन्दको आव्हान गर्दै मोरंगको पथरी, उर्लावारी, बिराटचोक, रमाइलो, झापाको बिर्तामोढ,भक्तपुरको बालकोट लगायतका देशभरिका बिभिन्न क्षेत्रमा माएकिंग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array