काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि सरकारको आन्तरिक ऋण नवीकरण गर्ने तालिका सार्वजनिक गरेको छ। बैंकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिने २०० करोड रुपैयाँ, ९१ दिने २२३ करोड ३२ लाख रुपैयाँ, १८२ दिने ६०० करोड रुपैयाँ र ३६४ दिने २०० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको जानकारी दिएको छ । बैकले १४ प्रतिशतसम्म ब्याजमा ट्रेजरी बिल नवीकरण गरेको छ । पछिल्ला दिन बैंकहरुले धेरै ब्याज माग गरेपछि राष्ट्र बैंक आफैले ट्रेजरी बिल किनेको हो । आइतबार बैंकहरुले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) बापत ३० अर्ब १२ करोड ७५ लाख रुपैयाँ सापटी चलाएका हुन् । चालु आर्थिक बर्ष मात्र कुल ९ खर्ब २४ अर्ब ६० करोड ७० लाख रुपैयाँ चलाइसकेको जानकारी दिएको छ ।
आज राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल बोलकबोल गर्ने

प्रतिक्रिया दिनुहोस्