वन निगमको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – वन तथा वातावरण मन्त्रालय अन्तर्गतको नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाइएको छ । सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको प्रशासन महाशाखामा गोप्य दरखास्त पेस गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्