सिंगापुरमा समलिंगी सम्बन्धलाई कानुनी मान्यता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सिंगापुरमा समलिंगी सम्बन्धले कानुनी मान्यता पाउने भएको छ । समलिंगी यौन सम्बन्धको बारेमा वर्षौँदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लूंगले सरकारको यो पछिल्लो निर्णयबारे घोषणा गरेका हुन् ।

भारत, ताइवान र थाइल्यान्डपछि पुरष तथा महिला समलिंगी, तेश्रो लिंगी, एवं बहुलिंगी (एलजीबीटी) को अधिकारबारे सम्बोधन गर्ने सिंगापुर एसियाको पछिल्लो मुलुक भएको छ ।

यसअघि सिंगापुर सरकारले ३७७ ए कानुनलाई अस्तित्वमै राख्ने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रतिबद्धता जाहेर गरी दुवै पक्षलाई ठिक्क पार्न खोजेको थियो । सिंगापुरले सन् १९६५ मा बेलायतबाट स्वाधीनता हासिल गरेको थियो ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

Array