कारबाहीपछि सोमाली सेनाले होटल आक्रमणको अन्त्य गर्‍यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा बन्दुकधारीहरूले आक्रमण गरेको एक घातक हमलाको अन्त्य भएको छ । आइतबार त्यहाँका अधिकारीहरूले हमलाको अन्त्य गरेका हुन् । तिस घण्टाभन्दा लामो समय चलेको सेनाको कारबाहीमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । अन्य धेरै घाइते भएको सोमाली अधिकारीहरूले बताएका छन् ।

मोगादिसुको हयात होटलमा शुक्रबार साँझ ९स्थानीय समय० ठुलो विस्फोटबाट आक्रमण सुरु भएको थियो । प्रहरीले आक्रमण कसरी भयो भन्ने विस्तृत विवरण खुलाएको छैन । कति बन्दुकधारी होटलमा प्रवेश गरेका थिए भन्ने खुल्न नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस एपी०ले जनाएको छ ।

होटलका प्रबन्धक इस्माइल अब्दीले सुरक्षा बलहरू अझै क्षेत्र खाली गर्न काम गरिरहेका बताए ।

अल–कायदासँगको सम्बन्ध रहेको इस्लामिक चरमपन्थी समूह अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । जुन सरकारी अधिकारीहरूले भ्रमण गरेका ठाउँहरूमा हमला गर्ने पछिल्लो प्रयासको रूपमा रहेको एपीको टिप्पणी छ ।

नेता हसन शेख मोहमुदले मे महिनामा सत्ता सम्हालेपछि होटलमा भएको आक्रमण मोगादिसुमा भएको पहिलो ठुलो आतंककारी घटना हो ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा सोमालियाका जनतालाई ‘आतंकवादविरुद्धको लडाइँ र शान्तितर्फको उनीहरूको मार्चमा’ राष्ट्र संघले समर्थन गर्ने उल्लेख छ ।

एपीबाट ।

प्रतिक्रिया दिनुहोस्