बेलुन उडाएर दक्षिण कोरियाले कोरोना फैलाएको उत्तर कोरियाको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौँ – उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना संक्रमण फैलाउनुमा दक्षिण कोरियाको हात रहेको आरोप लगाएको छ । उसले उक्त कार्यलाई अमानवीय बर्बरता भन्दै कोरोना भाइरस लत्पतिएका बेलुन र पर्चालाई बायोकेमिकल हतियार आक्रमणको संज्ञा दिएको छ ।

उत्तर कोरियाको आपतकालीन महामारी रोकथाम मुख्यालयले हालैको तथ्यपूर्ण खोजबाट उक्त रहस्य फेला परेको बताएको छ । हालै आयोजित आपतकालीन महामारीविरुद्ध कार्यको राष्ट्रिय समीक्षा बैठकमा उक्त तथ्य प्रस्तुत गरिएको उत्तर कोरियाली सरकारी स्रोतले पुष्टि गरेको छ ।

अगष्ट १० तारिखका दिन राजधानी प्योङयाङमा बोलाइएको बैठकमा महामारी रोकथाममा प्राप्त सफलता र अनुभवको समीक्षा गरिएको बताइन्छ । बैठकले पुनः हुनसक्ने महामारीको पुनरावृत्ति रोकथामबारे पनि विभिन्न निर्णय गरेको बताइएको छ । सरकारी अधिकारीहरुले विशेष चनाखो र सतर्कतापूर्ण उपाय अपनाउँदा पनि मुलुकभित्र भाइरस प्रवेश गरेको विषयमा बढी जोड दिएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

“विश्वको सबैभन्दा कडा सीमा अनुगमन र एन्टी–एपिडेमिक क्वारेन्टाइन प्रणाली रहेको मुलुकमा त्यसरी संक्रमण फैलनुको एक मात्र कारण आकाशबाट फालिएका बेलुन र पर्चा भएको ठहर गरिएको छ ।”

गत जुन ३० तारिखका दिन प्राप्त सूचनाको आधारमा संक्रमण फैलिनुको कारण पत्ता लगाउन उत्तरको राज्य आपतकालीन महामारी रोकथाम मुख्यालयले छानबिन समिति गठन गरेको थियो । द्रुत रुपमा फैलिएको ओमिक्रोन भेरियन्ट बीए २ बारे छानबिन टोलीले विशेषगरी दक्षिण कोरियासँग जोडिएको भूभागबाट अन्यत्र सरेको यकिन गरेको हो ।छानबिन टोलीमा मुलुकका आधिकारिक वैज्ञानिक अनुसन्धान संस्था,राष्ट्रिय सुरक्षा निकायहरू,न्यायिक र अभियोजन अंगका प्रतिनिधि राखिएको थियो । दक्षिणतर्फको इफोरी क्षेत्रबाट राजधानी प्रवेश गरेका कैयौं मानिसमा संक्रमणका लक्षण देखिएपछि उनीहरु सशंकित भएको बताइन्छ । काङउन प्रान्त र कुमगाङ काउण्टीका धेरै जनामा संक्रमणको लक्षण देखिनुले पनि दक्षिण कोरियाको हातको आशंका गरिएको उत्तरको दाबी छ ।

दक्षिण कोरियाली भूभागबाट बेलुनको सहायतामा उत्तरको सैनिक ब्यारेक र आवासीय पहाडहरुमा छरिएका केही पर्चा र वस्तु छोएका एक जना १८ वर्षे सैनिक र एक वर्षे बालकका कारण भाइरस फैलिएको छानबिन टोलीले निश्कर्ष निकालेको छ । उक्त क्षेत्र दक्षिणको सीमाना जोडिएको उत्तरको आइफोरी,कुमगाङ काउण्टी र काङवन प्रान्तमा पर्छ ।

ती सबै घटना गत अप्रिल र मे महिनाको शुरुमा भएको बताइन्छ । काङवन प्रान्तमा उच्च मृत्युदर देखिएको तर चीन रुससँग सीमा जोडिएका क्षेत्रमा ठूलो समस्या नभएको समाचारमा उल्लेख छ । विश्वको सबैभन्दा कडा सीमा अनुगमन र एन्टी–एपिडेमिक क्वारेन्टाइन प्रणाली रहेको मुलुकमा त्यसरी संक्रमण फैलनुको एक मात्र कारण आकाशबाट फालिएका बेलुन र पर्चा भएको ठहर गरिएको छ ।

उत्तर कोरियाली अधिकारीहरूले गत अप्रिलमा दक्षिणबाट ३० भन्दा बढी ठूला बेलुन उडाएर उत्तरतर्फ पठाइएको प्रमाण भएको बताएका छन् । तर दक्षिण कोरियाले उत्तरको उक्त भनाइ सत्य नभएको बताएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array