हामी ठूलो पार्टी बन्दै गर्दा जनतामा देखिएको निराशा अन्त्य गर्न सकेनौँ : गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्ट पार्टीले गर्दा अहिले जनतामा ठूलो निराशा छाएको बताएका छन्। कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो जनाएका हुन ।

उनले भने ‘हामीले ठूलो पार्टी बन्दै गर्दा जनतामा देखिएको निराशा अन्त्य गर्नसकेका छैनौँ। ०७४ का कम्युनिष्टको स्थिर सरकार आएपछि पनि कुनै परिवर्तन नआएपछि ठूलो निराशा बढेको छ। हामी पहिलो दल बनेका छौँ। संसद् र प्रदेशमा सरकार छ। हामी कसैलाई प्रश्न गर्न मिल्दैन’‚ उनको भनाइ छ। पार्टीको संगठन र स्थानीय तहको चुनावलाई हेरेर मात्रै भागबण्डा गर्नुपर्ने बताए।

त्यसैगरी उनले भने, ‘स्थानीय चुनावदेखि संघको चुनाव गरेर जाँदै छौँ। अहिले तालमेल बनेको छ। तालमेलको विषयमा दलमा दुई मत थियो। हामीले तालमेल नगरे अरूले गर्छ भन्नेमा हामी प्रष्ट छौँ। त्यो कुरा ०७४ मै देखियो। सिटको बाँडफाँड गरेर मात्रै हुँदैन। न्यूनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्छ।’

चुनावपछि पनि यही गठबन्धन कायम रहन्छ भन्ने सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ। गठबन्धनमा बसेर त्यहीभित्रका दललाई राष्ट्रघाती भन्दै हिँड्नेले अलग बाटो रोज्नुपर्ने समेत बताए। ‘यसअघिको नतिजा हेर्दा चुनावपछिको तालमेल हामीले जोसँग पनि तालमेल गरेर तालमेल गरेका छौँ। चुनावपछि फेरि अर्को बाटोमा हिँड्यौँ भने त्यसको आधार के होरु हामीले ०७४ मा एमाले र माओवादी जस्तो भयो भने के गर्नेरु’‚ उनले भने, ‘तालमेल गरेर एकैठाउँमा बसेको छ तर हरेक विषयमा फरक कुरा गरेको छ। गठबन्धनमा न्यूनतम कुरा पनि मिल्दैन भने त्यसको अर्थ हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

Array