आफ्नै १८ महिने छोरी र ४ बर्षीय छोराको हत्या गर्ने क्रूर बाबु पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

आफ्नै सन्तानको हत्या गर्ने क्रूर बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ का ३० वर्षीय डम्बरबहादुर बोहोरालाई छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो । बोहोरा नेपाली सेनाका भगौडा सैनिक हुन् ।

छोराको सव भेटिएको छ भने चार वर्ष अगाडी बेपत्ता भएकी छोरीको अहिले सम्म अत्तोपत्तो छैन । छोरीको पनि हत्या भएको प्रारम्भिक बयानमा खुलेको  छ ।

२०७९ साल साउन १६ गते आफ्नो चार वर्षीय छोरा दीपकलाई कपडा किन्दिन भनेर डम्बरबहादुरले लिएर गएका थिए, तर फर्किदा उनी आफू मात्र फर्किए । छोरा बिनानै एक्लै डम्बरबहादुर फर्किएपछि आमा कृष्णा चन्द आत्तिईन । छोरी हराएको घाउ ओभाएकै थिएन , छोरा समेत बाबुले बेपत्ता बनाएपछि आमा कृष्णा प्रहरीको सहारामा पुगिन ।  उनले छोरा हराएको खोजि पाउ भनेर इलाका प्रहरी कार्यालय बासगढीमा उजुरी दिइन् । खोजतलासका क्रममा प्रहरीले साउन २३ गते बारबर्दिया नगरपालिका–९ स्थित कल्याण सामुदायिक वनमा दीपकको शव भेट्टायो ।  छोराको हत्या गरेको डम्बरबहादुरले स्वीकारेका छन् ।

पाँच वर्ष अघि ०७४ साल फागुन २१ गते देखि बेपत्ता डेढ बर्षिया छोरी स्मृति डम्बरले घुमाउन लैजान्छु भनि बेपत्ता बनाएका थिए  । छोरीलाई बेपत्ता बनाएर श्रीमान् केही समय घर नफर्केको कृष्णाले बताइन् । कृष्णाले पटक–पटक छोरी कहाँ छिन भन्दा डम्बरबहादुरले राम्रो हेरचाह र शिक्षाको लागि एसओएस बालग्राम काठमाण्डौ मा राखेको छु भनेर ढाटी रहे ।

पक्राउपछि डम्बरले छोरीको समेत हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ताले वताए । छोरीको अवशेष खोजि भईरहेको छ तर डम्बरबहादुरले भनेको ठाउमा अवशेष भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार खोजीकार्य र अनुसन्धान जारि छ ।

प्रतिक्रिया दिनुहोस्

Array