प्रसूति गृहमा बट्टाको दूध निषेध, ह्युमन मिल्क ब्याङ्कुको स्थापना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

नेपालमा आमाको दूध भण्डारण गर्न मिल्ने ह्युमन मिल्क ब्याङ्कुको स्थापना भएको छ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दूध भण्डारण गर्न मिल्ने ब्याङ्कुका उदघाटन भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालको ६४ औं वार्षिकोत्सवमा अवसरमा शुक्रबार देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी छन ।

सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले आमाको दूध पाउन नसक्ने शिशुलाई दूध उपलब्ध गराउने उद्देश्यले अमृत कोषको स्थापना गरिएको अस्पतालले बताएको छ । अस्पतालका अनुसार अघिल्लो वर्ष ‘ह्युमन मिल्क बैंक’ को स्थापना गर्ने अवधारणा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array