नागरिकता विधेयक; एमालेद्वरा मतदानको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले नागरिकता ऐनको संशोधन विधेयकमाथि मतदान  माग गर्ने तयारी गरेको छ। राष्ट्रपतिले फिर्ता गरिदिएको विधेयक जस्ताको तस्तै पारित गर्ने सरकारको तयारी रहेको छ । नेकपा एमालेले बिहान सभामुखले डाकेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नागरिकता विधेयकमा सर्वदलीय सहमति जुटाउनुपर्ने बताएको थियो।

त्यस्तै विधेयक परिमार्जनका लागि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा पठाउन माग गरेको थियो। तर सरकारले विधेयक प्रतिनिधिसभा बैठकबाटै टुंगो लगाउने बताएको थियो।

नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन म्यासेज पठाएको छ। साथै बैठकको पूरा अवधि बस्न भनेको छ। एमालेका सांसदहरूले मतविभाजन माग्ने तयारी गरिरहेका छन्। एमालेले मत विभाजन मागेको अवस्थामा मतदान गराउने तयारी संसद सचिवालयले गरेको छ।

प्रतिनिधिसभा नियमावलीको नियम २९ मा २८ जना सांसदले आफ्नो स्थानमा उभिएर मत विभाजन माग्न सक्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array