नागरिकता विधेयक: जतिसक्दो चाँडो लागू गर्न एनआरएनको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नागरिकता विधेयक संशोधन जतिसक्दो चाँडो लागू गर्न एनआरएनहरुले आग्रह गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको विषयलाई लिएर देशविदेशमा चासो उत्पन्न भएको छ । गैरआवासीय नेपालीहरु विधेयक जारी हुन ढिलो भएको भन्दै चासो देखाएका हुन्।

गैरआवासीय नेपाली संघ अमेरिकाका सल्लाहकार बेद खरेल विधेयक लागू गर्न अब थप ढिलाइ गर्न नहुने बताउँछन्। विधेयक पारित गर्न भैरहेको ढिलाइले संसारभरि रहेका नेपालीहरुलाई निराश तुल्याएको छ,’ खरेलले भने । उनले अब थप ढिला नगरी विधेयकलाई लागू गर्न नेपाल सरकारलाई आग्रह पनि गरे।

गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले जति सक्दो चांडो विधेयक कार्यान्वयन गरी प्रवासी नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता तथा पासपोर्ट प्रदान गर्न शुरु गर्नु पर्ने बताएका छन।

नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ संसदको दुवै सदनबाट पारित भएपछि गैरआवासीय नेपाली संघले त्यसलाई स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array