यात्रुवाहक बस र अटो एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिकास्थित काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे एक आपसमा ठक्कर खाएका हुन्। मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।

दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सविना लुंगेलीको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको प्रहरीले जनाए। प्रहरीले बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्