बञ्चरेडाँडामा फोहोर फाल्न सहमति, कार्यान्वयन नभए फेरि अवरोध गर्ने चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– काठमाडौंको फोहोरको तत्कालको समस्या घट्ने भएको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्नको लागि अवरोध अन्त्य गर्न ४ बुँदे सहमति बुधबार साँझ भएको हो ।

यदि सहमति तोडिएको खड्मा स्थानीय बासीले फेरि आन्दोलन सुरु गर्न सक्ने धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।सहमतिमा फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्नु पर्ने सहमति भएको उनले जानकारी दिए । यदि फोहोर बोकेको गाडीले लिचेड चुहाउँदै आएमा अवरोध फेरि गर्ने उनले बताएका छन् । यस्तो सहमति पटक–पटक गरिएको र धोका हुँदै आएकाले सहमति कार्यन्वयनमा भने आचार्यले आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array