भेटेरिनरी एशोसिएसनद्वारा पशु सेवा परिषद् विधेयकको विरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – भेटेरिनरी एशोसिएसनले पशु सेवा परिषद् विधेयकको विरोध गरेको छ । बुधबार एक विज्ञप्तिमार्फत एशोसिएनसले आफूहरुको सरोकारयुक्त विषयलाई नसमेटिकन प्रतिनिधिसभाबाट एकपक्षीय ढंगले विधेयक पारित गर्ने काम भएको भन्दै विरोध गरेको हो ।

एशोसिएसनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विदेशमा रहेका जनशक्ति स्वदेश भित्र्याउने नीति र वातावरण विकास गरिनुपर्नेमा उल्टै दिनानुदिन वैज्ञानिक जनशक्ति पलायन हुने अवस्था सिर्जना गर्न खोजिएको आरोप लगाइएको छ । यसविरुद्ध एशोसिएसनले भदौ १ देखि ७ गतेसम्मका लागि विरोधका कार्यक्रम समेत तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array