प्लाष्टिकको झोला आजदेखि पूर्णरूपमा प्रतिबन्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा पूर्णरूपमा रोक लगाएको हो । वातावरण विभागले एक सूचना जारी गर्दै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध गरेको बताए ।

२०७८ माघ १७ मा नै प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कोभिड-१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोले कडाइका साथ कार्यान्वयनमा समस्या भएको विभागले उल्लेख गरेको छ।
वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको प्लाष्किका झोला प्रतिवन्धको नीति आजदेखि थप कडाइका साथ लागु गर्ने विभागले जनाएको छ। आजदेखि अनुगमनलाई तिब्रता दिइएने र अटर गरेमा कारबाही हुने विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

Array