सिंहदरबारभित्र आजदेखि विद्युतीय चुलो मात्र बाल्न पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

सरकारले विद्युत खपतलाई प्रोत्साहन दिने सरकारी नीति अनुसार सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्न आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । स्रोतका अनुसार ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताएको छ ।

सरकारको यो नीतिले सरकारी कार्यलयमा ग्यासको खपत घटाउँदै लाने सकारात्मक वातावरण बनाएको हो । आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array