अभिनयको साइकल यात्रा: लागु औषधविरुद्ध जन-चेतना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – दोलखाका एक युवकले साइकलबाट नेपालका ७७ वटा जिल्लाको भ्रमण गरेका छन्। कालिन्चोक गाउँपालिका ३ का अभिनय कार्कीले ६ महिना १९ दिनमा यात्रा पुरा गरेका हुन । गत पुस १५ गते दोलखा सदरमुकाम चरिकोटबाट सुरु गर्दै उनको साइकल यात्रा मंगलबार चरिकोटमा आएर सम्पन्न गरेका छन ।

देशका ७७ जिल्लामा पुगेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा लागु औषधविरुद्ध जन-चेतना मूलक अन्तर्क्रिया गर्दै कार्कीले आफ्नो भ्रमण सम्पन्न गरेका छन्। एक सय दिनमा भ्रमण सम्पन्न गर्ने लक्ष्यका साथ यात्रा सुरु गरेका कार्कीले भौगोलिक तथा अन्य विभिन्न समस्याहरूका कारण आफ्नो यात्रा ९९ दिन लम्बिएको जानकारी दिए।

‘फ्रस्टेसन, डिप्रेसन र लागुऔषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौँ’ भन्ने नारासहित सुरु भएको आफ्नो साइकल यात्रा निक्कै उपलब्धि मूलक रहेको कार्कीको भनाइ छ। आफूले देशको ७७ जिल्लाका विभिन्न ठाउँमा पुगेर नेपालको प्राकृतिक सुन्दरता नियाल्नका साथै आन्तरिक पर्यटन प्रवर्धनमा राम्रो सम्भावना रहेको उनको अनुभव छ।

भ्रमणमा आफूले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र धेरैजसो स्थानीय तह पुगेर अन्तर्क्रिया गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

Array