भारतीय धनाड्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको छ । धम्की दिएको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।समाचार एजेन्सी एएनआईका अनुसार डीसीपी जोन-२ नीलोत्पलले आरोपितसँग सोधपुछ भइरहेको बताए।

समाचार एजेन्सी एएनआईले मुम्बई पुलिसलाई उद्धृत गर्दै भनेको छ कि रिलायन्स फाउन्डेशन अस्पतालले अम्बानी र उनको परिवारलाई धम्की दिने तीनवटा भन्दा बढी फोन कलहरू प्राप्त गरेको थियो। फोन आएपछि अस्पतालले प्रहरीमा उजुरी दिएपछि प्रहरीले कारबाही गर्दै एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

गत महिना, सर्वोच्च अदालतले केन्द्र सरकारलाई मुकेश अम्बानी र उनको परिवारका सदस्यहरूको लागि सुरक्षा कभर जारी राख्न अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array