कांग्रेसको केन्द्रीय समिति सदस्यमा १० जना महिला मनोनयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीटा देवकोटा (नवलपुर) रहेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा आज जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला नभएकाले उनीहरुलाई मनोनित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array