काठमाडौं- काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि सरकारले बल प्रयोग गरेको छ । स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको हो । स्थानीयबासिन्दाले प्रहरीमाथि ढुगामुढा प्रहार गरेपछि हवाई फायर गर्नुको विकल्प नरहेको प्रहरीले जनाकारी दिएको छ । स्थानीयले ढुंगा र गुलेली हानेपछि दोहोर झडप सूरु भएको धुनवेशी नगरपालिका स्रोतले जानकारी दिएको छ ।
बञ्चरेडाँडामा स्थानीय र प्रहरीबिच झडप

प्रतिक्रिया दिनुहोस्