फोहर बोकेर गएका टिपर बाटैमा रोकिए, भिडन्तको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं- आज पनि फोहर बोकेर गएका टिपर बाटैमा अड्किएका छन् । उपत्यकाबाट फोहोर बोकेर हिडेका गाडी नुवाकोटको आलेटार र सिसडोल आसपासमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका स्थानीयको  अवरोधका कारण फोहरका गाडी रोकिएका हुन् ।

प्रहरीले स्कर्टिंग गरेको भएपनि ठुलो संख्यामा स्थानीय ढुंगा बोकेर अवरोधमा उत्रिएपछि फोहर बोकेका गाडी रोकिएका हुन्। डाडा खेत सडक सवै स्थानीय वासिन्दाले भरिएका छन् ।

आन्दोलनकारी पछिहट्ने मुढमा देखिदैनन्। अवरोध हटाउन थप प्रहरीको प्रतिक्षामा रहेको वताईएको छ । अहिले त्यहाँको अवस्था हेर्दा भिडन्तको सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array