वाग्मती प्रदेशले १० हजार युवालाई सीपयुक्त तालिम दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – वाग्मती प्रदेश सरकारले १० हजार युवालाई सिपमुलक तालिम दिने भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने, सरकार आफैले पालेर तालिम दिएर सक्षम बनाउने बताए। मंगलवार काठमाडौंको बौद्धस्थित तामाङ घेदुङको कार्यालयमा तामाङ पत्रकार संघ, वाग्मती प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त भनाई राखेका हुन्। मुख्यमन्त्री पाण्डेले भने, “त्यसका लागि १५ करोड बजेट छुट्याएको र केन्द्र सरकारले पनि यस्तो कार्यक्रम गरोस्। प्रत्येक घरमा सीप भएको मान्छे होस्।”

त्यसैगरी कार्यक्रममा बोल्दै पाण्डेले भने तामाङ समुदायमा गुम्बा र घेवा संस्कृति व्यापक भएको उल्लेख गर्दै उनले शिक्षामा जोड दिए विभेदको बार भत्कने तर्क गरे। “शिक्षामा जोड गर्नुपर्छ। गुम्बा र घेवामा भन्दा विद्यालयमा जोड दियौ। गुम्बा पनि राम्रो हो। तर यो भन्दा जोड आवश्यक शिक्षाको हो । घेवा खर्चिलो हुन्छ। त्यहाँ हुने खर्च मृतकको परिवारको शिक्षामा लगानी गरे राम्रो हुन्छ,” मुख्यमन्त्री पाण्डेले भने, “यसपटक धेरै बजेट गुम्बामा माग आयो। शिक्षाले विभेदको अन्त्य गर्छ।”

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्