बामदेव गौतम माओवादी केन्द्रबाट निर्वाचनमा उठ्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

बामदेव गौतम माओवादी केन्द्रबाट निर्वाचनमा उठ्ने भएका छन् । गौतम कार्यकाल बाकी रहदै  राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् ।

बामदेव गौतम प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने तयारी गरेका हुन्।

- Advertisement -
Ad imageAd image

गौतम निकट नेता नीमकान्त पाण्डेका अनुसार गौतम प्युठानबाट उम्मेदवारी दिनेछन् ।

गौतम २०७४ को चुनावमा बर्दिया १ बाट चुनाव लडेका थिए, तर उनी पराजित भए। नेकपा विभाजनपछि लामो समय कुन पार्टीमा जाने निर्णय नगरी हाल एकता अभियानका रुपमा अघि आएका गौतम अन्तत माओवादी केन्द्रबाट निर्वाचनमा भाग लिने भएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्