प्रचण्ड र बाबुराम को पुनर्मिलन, संयुक्त दल दर्ता गर्न निर्वाचन आयोग जादै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अन्तत: पुष्पकमल दाहाल “प्रचण्ड” र बाबुराम भट्टराई को पुनर्मिलन भएको छ । आज मंगलवार नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्ने भएका छन् । कानुनि रुपमा हेर्दा यो पार्टी एकताको प्रक्रियाको शुरुवात हो ।

संयुक्त दल दर्ता गरेर एउटै चिन्ह्नबाट चुनाव लड्ने सहमती भएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ता गर्न आज निर्वाचन आयोग जादैछन ।

माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्याय का अनुसार आज दिउँसो १ बजे माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी का नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने छन्  ।

दुई पार्टीका शीर्ष नेताबीच आइतवार भएको सहमती अनुसार नेपाल समाजवादी पार्टी पनि माओवादी केन्द्रको चुनाव चिन्ह्न गोलाकार भित्रको  हँसिया हतौडा लिएर चुनाव लड्न तयार भएपछि आज संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array