अंगिकृत नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिनु हुदैन: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (भिडियो समेत)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले बिदेशी नागरिकलाई राजनीतिक र प्रशासनिक अधिकार दिन नहुने वताएका छन् । केहि पहिलेनै रेकर्ड गरिएको एउटा भिडियो अन्तरवार्तामा मोदीले उक्त कुरा वताएका हुन् । उनले भनेका छन् एउटा सिपाईले वा एउटा कुटनैतिक क्षेत्रको कर्मचारीले विदेशी सँग विवाह गर्न सरकारको स्वीकृत लिनु पर्छ भने तिनका हाकिम वा सरकार प्रमुख कसरि बिदेशमा जन्मिएको बिदेशी मुलको नागरिक हुन सक्छ ?

उनले भनेका छन् “यो  कुरा कुनै एक व्यक्ति वा समुदाय सँग सम्वन्धित विषय होइन, यो मात्र राजनीतिको कुरा होइन यो देशभक्ति र देशको सार्वभौमिकता को कुरा हो ।”

नेपालमा पनि अहिले अंगिकृत नागरिकताको बिषय पेचिलो बनेको छ । भारत जस्तो शक्तिशाली , भीमकाय र सघन जनसंख्या भएको मुलुक त अंगिकृत नागरिकताको बिषयमा यस्ता कडा प्रावधान र स्पष्ट छ भने नेपाल जस्तो कम जनसंख्या भएको र औसत कमजोर मुलुकले यो बिषय सोच्नु पर्दैन ?

मोदीले भने झैँ यो मात्र राजनीति र अधिकारको कुरा होइन । यो देशको सार्वभौमिकता र देशभक्तिको कुरा हो ।

भिडियो हेर्नुहोस :

 

 

प्रतिक्रिया दिनुहोस्