अर्मेनियाको राजधानीमा ठूलो विष्फोट, कम्तिमा ६ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – आर्मेनियाको राजधानी येरेभानको एक बजारमा ठूलो विस्फोट भएको छ । विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता रहेको छन । देशको आपतकालीन अवस्था रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २८ जना अस्पतालमा भर्ना भएका छन्। विस्फोट पछि तीन तले भवन ध्वस्त भएको छ। आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले उद्धार कार्यको निरीक्षण गरेका छन। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array