राजवंशी समाज विकास समितिको बिशेष अधिवेशन सम्पन्न, अध्यक्षमा अभय राजवंशी निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
2 Min Read
Aa

राजवंशी समाज विकास समितिको बिशेष अधिवेशन झापाको विर्तामोढ मा सम्पन्न भएको छ । राजवंशी समूह आफूलाई बिराट राजाको सन्तान मान्दछन् ।

२०५० सालमा स्थापना भएको राजवंशी समाज विकास समितिको अधिवेशन पश्चात  विवाद सकिएको र अधिवेशनबाट निर्वाचित समितिनै आधिकारिक भएको वताईएको छ ।

यस अघि मोरङमा कुनै एक घरमा सिमित व्यक्तिहरूले मनोमानी तरिकाले केन्द्रिय अधिवेशन गरेको प्रति असन्तुष्ट बनेका प्रतिनिधिले सार्वजनिक रुपमा हिजो विधान बमोजिम विशेष अधिवेशन गरेर केन्द्रिय समितिलाई कानुनी मान्यता प्रदान गरिएको अधिवेशनमा सहभागी प्रतिनिधिहरू जनाएका छन् ।

विशेष अधिवेशनबाट अध्यक्षमा झापा कनकाई स्थित घैलाडुब्बाका  अभय (वरुण) राजवंशी निर्वाचित भएका छन् । अध्यक्ष सहित निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समिति संयोजक राजकुमार राजवंशीले सफथ ग्रहण तथा प्रमाण पत्र वितरण गरेका छन् ।

निर्वाचाचित भएपश्चात नवनियुक्त अध्यक्ष अभय (वरुण) राजवंशीले यो सम्मेलन मात्र वैधानिक भएको वताएका छन् । नवनियुक्त अध्यक्ष अभयले पत्रकार सम्मेलनमा बोल्दै भने “विधि र प्रक्रिया मिचेर बनेको पुरानो केन्द्रिय समिति सम्पन्न विशेष अधिवेशनबाट स्वत विगठन भएको छ । कुनै पनि व्यक्तिले राजवंशी समाज विकास समितिको लेटर प्याड प्रयोग नगर्न र भएका कागजातहरू वैधानिक समितिलाई बुझाउन आग्रह गर्दछु। केही व्यक्तिहरूको निजी स्वार्थमा समाज भित्र विभिन्न भ्रमहरू फैलाएर समुदायमा विभाजन ल्याउने काम भएको छ । त्यस्ता भ्रमहरूलाई यस विशेष अधिवेशनले चिरिदिएको छ । सबै राजवंशी समुदायलाई अब एक ढिक्का भएर आफ्नो भाषा, संस्कृति संरक्षण, अवसर र अधिकार प्राप्त गर्नको लागि सबैजना मिलेर अघि वढ्न अनुरोध गर्दछु ।

४ सय भन्दा धेरै प्रतिनिधिहरू  सहभागी बिशेष अधिवेशनले २१ सदसिय समिति गठन गरेको छ ।

नव निर्वाचित समितिमा अभय राजवंशी अध्यक्ष, उपाध्यक्षहरूमा बद्रीनारायण राजवंशी, मोहन राजवंशी, नौतली राजवंशी र लक्ष्मीकुमारी राजवंशी चयन भएका छन् । समितिको महासचिवमा राजकुमार राजवंशी र कोषाध्यक्षमा अनिलकुमार राजवंशी चयन भएका छन् ।

त्यस्तै, सचिवमा संगीता राजवंशी, सुवासचन्द्र राजवंशी, बबिता राजवंशी र पूर्णलाल राजवंशी चयन भएका छन् ।

समितिको सदस्यहरूमा सुपेन राजवंशी, रविन्द्र राजवंशी, नारायण राजवंशी, सुखित राजवंशी, जयप्रकाश राजवंशी, प्रमोद राजवंशी, मदनलाल राजवंशी, कल्पना राजवंशी, सावित्रा राजवंशी र मिनाकुमारी राजवंशी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्