सेयर बजारमा हरियाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– आज सोमबार सेयर बजारमा कारोबारको शुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म लगानीकर्तामा हौसला कायम नै रहयो । बजारमा दोहोरो अंकको सुधार आउँदा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । नेप्से सूचक ५५.८८ अंकले बढेर परिसूचक २०६५.८९ बिन्दुमा रोकिएको छ ।अघिल्लो हप्ता सेयर बजारमा पुरै रातो भएकोमा आज सोमबार भने निकै सुधार देखियो । बजारमा सुधार आएको भएपनि कारोबार रकममा उल्लेख्य सुधार देखिएको छैन ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२३ अंकले बढेर ३९८.१३ बिन्दुमा पुगेर रोकिएको हो । २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंकिङ समूहको १६.६४, विकास बैंक १९०.८२, वित्त कम्पनी १२५.६६, जलविद्युत १०५.७२, जीवन बीमा १४७.२८, माइक्रोफाइनान्स २३.९५, माइक्रोफाइनान्स १३६.०३, निर्जीबन बीमा समूहको उपसूचक २५४.१९ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array