आजको मौसम; देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

देशका धेरै भु-भागमा आज पनि वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

Array