चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीका कारण चर्च भित्रका मानिस बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

आगलागीमा परी दर्जनौं घाइते भएका बताइएको छ । अग्‍नि नियन्त्रकका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले आगलागीमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array