शेयर कम बाँडफाँट गरेको भन्दै सान्जेन जलविद्युत कम्पनीको कार्यालयमा तोडफोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौ –
सान्जेन जलविद्युत कम्पनीको कार्यालयमा तोडफोड भएको छ । रसुवा जिल्लाको गत्लाङका केही स्थानीयले शेयर कम बाँडफाँट गर्न लागेको भन्दै जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका छन। शेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै उनीहरूले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन्।

आयोजनाका एक अधिकारीका अनुसार ५० जनाको समुहले कार्यालयमा तोडफोड गरेका थिए। उनका अनुसार आयोजनाको गाडी, मोटरसाइकल लगायत समेत तोडफोड गरेका छन्। ठूलो समुह आएर तोडफोडमा उत्रिएपछि कर्मचारीहरुको भागभाग भएको थियो।

सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो। । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका(५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका(४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्ने गरी खुलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array